३१ बैशाख २०८३, बिहिबार 1778822763
Banner

नेकपाको घोषणापत्र यही साता सार्वजनिक हुने

काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपाको चुनावी घोषणापत्र तयार भएको छ।

नेकपाले यही साता घोषणापत्र सार्वजनिक गर्ने भएको हो । त्यसकोलागि आज निर्वाचन परिचालन कमिटीको सचिवालय बैठक बोलाईएको छ ।

आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने बैठकले घोषणापत्रलाई अन्तिम रूप दिने भएको हो । घोषणापत्र संयोजक दाहालले एकसरो हेरिसकेका छन् । आज कमिटीको बैठकमार्फत फाईनल गरिने भएको हो ।