काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेसम्म चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले घोषणापत्र सार्वजनिक गर्नुका साथै आयोगमा पेश गर्न निर्देशन दिने निर्णय गरेको हो ।
‘निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’ आयोगद्वारा जारी विज्ञप्तिमा उम्मेख छ ।


