काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै बंगलादेशमा भएको संसदीय निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का प्रमुख तारिक रहमानलाई बधाई दिएका छन् ।
समाजिक सञ्जालमा लेख्दै मोदीले बीएनपीको यो विजयले बंगलादेशका जनताको रहमानको नेतृत्वमाथिको विश्वासलाई देखाएको उल्लेख गरेका हुन् ।
‘भारत लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा उभिनेछ । हाम्रो बहुआयामिक सम्बन्धलाई सुदृढ पार्न र हाम्रा साझा विकास लक्ष्यहरूलाई अगाडि बढाउन तपाईंसँग काम गर्न म तत्पर छु ।’ मोदीले भनेका छन् ।


