१० श्रावण २०८३, आइतबार 1785127464
राजनीति

काठमाडौं–७ मा विकासको प्रतिबद्धता : प्रकाश श्रेष्ठको जनतामुखी एजेन्डा सार्वजनिक

काठमाडौं । प्रेस चौतारी उपत्यका प्रदेश समितिको आयोजनामा “उम्मेदवारसँग प्रेस चौतारी” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाले काठमाडौं क्षेत्र नं. ७ का उम्मेदवार प्रकाश श्रेष्ठले आफ्ना चुनावी योजना सार्वजनिक गरेका छन्। कार्यक्रममा निर्वाचन परिचालन संयोजक प्रेमलाल श्रेष्ठको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै उम्मेदवार प्रकाश श्रेष्ठले काठमाडौं–७ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास जितेर परिणाममुखी काम गर्नु मेरो मुख्य लक्ष्य हो,” उनले भने, “स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध ढंगले विकास अघि बढाइनेछ।”
प्रेस चौतारी उपत्यका प्रदेश समितिका अध्यक्ष राजकुमार सिलवालले सञ्चारकर्मी र उम्मेदवारबीच प्रत्यक्ष संवाद आवश्यक रहेको बताए। उनले भने “प्रेस र राजनीतिक नेतृत्वबीचको सहकार्यले पारदर्शिता र जवाफदेहिता मजबुत हुन्छ,” ।
कार्यक्रममा पत्रकारहरूले समसामयिक राजनीति, क्षेत्रीय विकासका मुद्दा तथा चुनावी रणनीतिबारे प्रश्न उठाएका थिए। उम्मेदवार श्रेष्ठले पारदर्शी र उत्तरदायी नेतृत्व दिने प्रतिबद्धता दोहोर्‍याएका थिए।