१० श्रावण २०८३, आइतबार 1785058890
Banner

एमाले सरकार परिवर्तनको खेलमा छैन : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पार्नुभएको छ ।

सरकार परिवर्तनको चर्चा चलिरहँदा एमाले महासचिवको यस्तो अभिव्यक्ति आएको हो। महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन। विकास र समृद्धिका लागि बलियो शक्ति निर्माणको तयारीमा जुट्दैछ।’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री बन्न अफर आएको सार्वजनिक रुपमै बताउन थालेपछि नेपाली राजनीति फेरि चर्चामा रहेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले ठूलो पार्टी बनेर दम्भ देखाए एमाले अध्यक्ष ओलीलाई हटाएजस्तो सत्ताबाट हटाउने धम्की दिइरहेका छन्।