काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट नाम सायदै अपरिचित होइन । राजनीतिक दलका मिटिङदेखि विशेष समारोहसम्म, चर्चित व्यक्तिहरूको रोजाइमा पर्ने यो बैंक्वेटले आफ्नो पहिचान बनाइसकेको छ।
खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै, अनुपम फुडल्याण्डले आइएसओ (ISO) प्रमाणपत्र समेत प्राप्त गरेको छ। यो बैंक्वेटहरूमध्ये विरलै पाइएको उपलब्धि हो । यहाँ विभिन्न देशका परिकारसहित मल्टि–क्युजिन रेस्टुरेन्ट पनि सञ्चालनमा छ।

३२ रोपनी क्षेत्रफलमा फैलिएको अनुपम फुडल्याण्डको गुणस्तरीय खाना र उत्कृष्ट व्यवस्थापन नै ग्राहकको मुख्य रोजाइको कारण हुन्। यहाँ साना देखि ठूला इभेन्टका लागि ६ भन्दा बढी हल उपलब्ध छन्, जसमा एक हजारभन्दा बढी सवारी पार्किङ सुविधा समेत छ। सानो कार्यक्रम होस् वा भव्य समारोह, यहाँका हलहरू आकर्षक र सुव्यवस्थित छन्। यस बैंक्वेटले ११ वर्षको यात्रामा, हजारौं–हजार कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
ग्राहकको रोजाइमा किन अनुपम नै पर्छ त ? भन्ने जिज्ञासामा, अपरेशन म्यानेजर राकेश विष्ट भन्छन्, “यहाँको वान–स्टप सोलुसन नै ग्राहकको रोजाइको मुख्य कारण हो। जस अन्तर्गत थिम आधारित विवाह, सजावट, डीजे र लाइभ म्युजिक सेवा, शटल सेवा, प्रोफेशनल बाजा, कस्टमाइज्ड फोटोग्राफी आदि सबै सुविधा उपलब्ध छन्। इभेन्टमा चाहिने सम्पूर्ण सेवा सुविधा हामीले ग्राहकलाई दिँदै आएका छौँ ।”कार्यक्रमका लागि ग्राहकले चाहेको थिम र सजावटलाई ध्यानमा राखी, अनुपमले हलहरू छिटो, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउँछ। त्यस्तै, यादगार क्षण र भावनालाई कैद गर्नका लागि यहाँ इन–हाउस फोटोग्राफीको सेवा पनि छ।
समयक्रम अनुसार आइरहेका नयाँ ट्रेन्ड सबैभन्दा पहिले यहाँ भित्र्याइन्छ जसको कारणले पनि अनुपम अरू इभेन्ट कम्पनीभन्दा फरक छ भन्न सकिन्छ ।


