३ आश्विन २०८१, बिहिबार 1726810900
खेलकुद

हालान्डको निर्णायक गोलमा नर्वेको जित

काठमाडौँ – स्टार खेलाडी एर्लिङ ब्राउट हालान्डको निर्णायक गोलमा नर्वेले यूइएफए नेसन्स लिग अन्तर्गत बी ग्रुप-४ को खेलमा सर्वियालाई १-० अन्तरले पराजित गरेको छ ।

बिहीबार राति सर्विया राजधानी बियोग्राडमा भएको खेलमा हालान्डले २६औं मिनेटमा गरेको गोल नै निर्णायक हुँदा नर्वेले तीन अंक हासिल गरेको हो ।

२१ वर्षीय युवा स्टार यसै सिजनका लागि इंग्लिस प्रिमियर च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्ध भइसकेका छन् ।

जितसँगै नर्वेले लिग बी ग्रुप ४ मा ३ अंक जोडेको छ । समान ३ अंक नै रहे पनि स्वीडेन शीर्ष स्थानमा छ । सर्विया तेस्रोमा छ ।

समूहको अर्को खेलमा स्वीडेनले स्लोभेनियालाई २-० ले पराजित गरेको छ ।