काठमाडौं । हालसालै पार्टी परित्याग गरेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
आज धनुषामा आयोजित ‘प्रतिज्ञासभा’ मार्फत उनी कांग्रेस प्रवेश गरेकी हुन् । शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गरे । रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको शर्माले बताइन् ।
उनले कांग्रेस ८० वर्षको विरासत बोकेको मात्रै नभइ मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेशी जनताले साथ दिनुपर्ने बताएकी छिन् ।


