राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवामा गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ । ९ फागुनमा रास्वपाले भैरहवामा चुनावीसभा गर्ने तयारी गरेको थियो । तर अन्तिम अवस्थामा आएर समा स्थगित गरिएको छ ।
सभा स्थगित गर्न केन्द्रबाट निर्देशन आएको स्थानीय नेताहरूले जानकारी दिएका छन् । सभा स्थगित गर्नुको कारण खुलाइएको छैन । यद्यपि रास्वपा कार्यकर्ताले दाङमा एमालेको झण्डा जलाएको विषयलाई लिएर उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति रोक्न सभा स्थगित गरिएको अनुमान गरिएको छ ।


