४ भदौ २०८३, बिहिबार 1787257235
समाचार

रास्वपा छोड्नेको लहर, वडा सभापतिले पनि छोडे पार्टी

काठमाडौं । पछिल्लो समय असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी छोड्नेको लहर नै चलेको छ । यसैबीच, बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पनि पार्टी परित्याग गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपामै सुरूवातदेखि रहेका व्यक्तिलाई टिकट नदई काँग्रेसबाट आएका व्यक्तिलाई टिकट दिएको भन्दै असन्तुष्टि चुलिएका बेला उनले राजीनामा दिएका हुन् ।

रास्वपाले नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट रास्वपाका आएका बिक्रम खनाललाई टिकट दिएको थियो । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए। संगठन कमजोर र कठिन अवस्थामा रहेको समयमा चुनाव लड्दै नवलपरासीमा पार्टी विस्तार गर्न उनले मुख्य भूमिका खेलेका थिए।

यही योगदानका आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने दृढ मान्यता स्थानीय पार्टी पंक्तिमा रहेको थियो, र ठकुरी स्वयं पनि टिकट पाउनेमा विश्वस्त थिए। तर ठकुरीले टिकट नपाएपछि रास्वपाका नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको हो । अन्य पनि पार्टी परित्याग गर्ने पक्षमा रहेको बताइएको छ ।