काठमाडौँ : सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
प्रसाईंको परिवारले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकोमा सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
यस्तै, अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न भनेको छ । प्रसाईंलाई सार्वजनिक शान्ति विथोल्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको जिकिर छ।


