४ आश्विन २०८१, शुक्रबार 1726811731
पालिका

उदयपुरमा पहिलो पार्टी नेकपा एमाले  बनेको छ

उदयपुर – स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेकपा एमाले उदयपुरमा पहिलो पार्टी बनेको छ ।

स्थानीय तहको चुनावमा अनेपक्षित परिणाम बेहोर्नु परेपनि निर्वाचित जनप्रतिनिधीको संख्याको आधारमा एमालेले पहिलो पार्टीको ताज कायम नै राखेको हो ।

निर्वाचनबाट चुनिएका उदयपुरका कुल ३९१ जनप्रतिनिधी नेकपा एमालेबाट १७३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । पाँच दलिय गठबन्धन गरेर एमालेलाई घेराबन्दी गरेपनि एमालेले एक्लै ४४ प्रतिशत जनप्रतिनिधि सूर्य चिन्हबाट विजयी गराएको हो ।

निर्वाचन आयोगले प्रकाशन गरेका उदयपुरको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेबाट १७३, नेपाली कांग्रेसबाट १३१ जना, माओवादी केन्द्रबाट ६७ जना, एकीकृत समाजवादीबाट १२ जना, जसपाबाट १ जना र स्वतन्त्रबाट १२ जना विजयी भएका छन् ।

२०७४ सालमा ६ वटा पालिकाको नेतृत्व सम्हालेको नेकपा एमालेले पाँच दलिय गठबन्धनलाई टक्कर दिंदै ठूलो संख्यामा जनप्रतिनिधि जिताउन सफल भएको नेकपा एमालेका जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनु भयो ।

स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार एमाले एक्लै चुनाव लडन सक्छ भनेर पुनः पुष्टी भएको छ ।’ अध्यक्ष घिमिरेले भन्नुभयो, ‘पालिका प्रमुखमा क्षति व्यहोर्नु परेपनि उपप्रमुख र वडा अध्यक्ष र अन्य सदस्यहरुमा एमालेले आफ्नो साखलाई जिवितै राखेको छ ।’

चौतर्फी घेराबन्दीको बाबजुत ७५ वटा वडामध्ये २९ वटा वडामा एमालेका उम्मेद्वारहरु विजयी भएका छन्।

प्रमुख पदमा विजयी हासिल गर्न नसके पनि कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा एमालेलाई एकल बहुमत प्राप्त भएको छ भने चौदण्डीगढी नगरपालिकामा प्रमुख र उपप्रुमख पदसहित दुईतिहाई जित हासिल गरेको छ ।