काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई सोमबारदेखि देशभर खटाउने भएको छ ।
उपत्यकाबाट खटिन लागेका अधिकृत हरुलाइ प्रधान कार्यालय र प्रदेश स्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई भर्चुअल माध्यमबाट फागुन १० गते आईतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिए।
उनले निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिए। महानिरीक्षक अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरु आईपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरु र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएका छन् ।
उनले निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरहरुसँग समन्वय, सबै उम्मेदवारहरुसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने काम बारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउनको साथै निर्वाचन प्रहरीहरुलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरुको सेवा सुविधमा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न समेत निर्देशन दिएका छन् ।
सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत निर्देशन दिएका छन् । निर्वाचन बिथोल्न खोज्नेहरुको पहिचाहन गरी सोही अनुसारको रणनीति बनाउन र कानून अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमाण्डरहरुलाई स्पष्ट हुन समेत महानिरीक्षक अर्यालले निर्देशन दिएका छन् ।
सोमबारबाट देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने बरिष्ठ अधिकृतहरुले फिल्ड र मुख्यालय बीच समन्वयात्मक भूमिका समेत निर्वाह गर्ने प्रवक्ता बिष्णु प्रसाद भट्टले जानकारी दिए ।


