काठमाडौं । पोखराको लिचीबारी जग्गा सट्टपट्टासम्बन्धी भ्रष्टाचार प्रकरणमा मुछिएकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटी तारिखमा राख्न विशेष अदालतबाट आदेश भएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार उक्त आदेश दिएको हो । श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टीकी नेतृसमेत हुन् । लिचीबारी जग्गा सट्टपट्टा प्रकरणमा सुविधाका लागि श्रेष्ठले विचौलियामार्फत २५ लाख रुपैयाँ घुस लिएको अभियोग थियो ।
भ्रष्टाचार मुद्दामा भएको सुनुवाइपछि श्रेष्ठलाई धरौटी तारिखमा राखिएको हो । उनी आइतबारै विशेष अदालतमा हाजिर भएकी थिइन् । श्रेष्ठसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ ।


