१८ आश्विन २०८३, आइतबार 6:42 am
Banner

आज भोटो देखाउने जात्रा, सरकारले दियो सार्वजनिक विदा

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ। 

सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जनाएको छ। 

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। 

शनिबार भए पनि भोटो देखाउने जात्राकै अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले मर्यादित रूपमा पर्व मनाउन आग्रह पनि गरेको छ।