काठमाडौँ : फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई भयरहीत, विश्वसनीय र सुरक्षित बनाउन हिमाली जिल्ला हुम्लामा नेपाली सेनाले गस्ती सुरु गरेको छ ।
शत्रुञ्जन गुल्म रानीवन हुम्लाले उत्तरी नाम्खा गाउँपालिकाको मुचु, तुम्कोट, चाला, यारी, याल्वाङमा गस्ती गरेको हो । चुनाव बिथोल्ने कुनै पनि गतिविधि हुन नदिन सेनाले गस्ती सुरु गरेको छ ।


