२५ भदौ २०८३, बिहिबार 1789097024
Banner

चुनावकाे मुखमा सिंगापुर उडे देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन्। विमानस्थल सुरक्षा स्रोतका अनुसार देउवा बुधबार राति ११ः३० बजे Singapore Airlinesको उडानमार्फत सिंगापुर प्रस्थान गरेका हुन्।

स्रोतका अनुसार उनी राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको स्टेरलाइज एरियामा देखिएका थिए। देउवासँग २–३ जना सहयोगीसमेत साथमा रहेको बताइएको छ।

उनको स्वास्थ्य अवस्था र बसाइ अवधिबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।