२३ असार २०८३, मंगलबार 1783448008
Banner

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको हो । आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिए ।

‘हो, यसबारेमा प्रेस काउन्सिललाई पत्र गएको छ’, उनले भने, ‘उक्त सामग्री हटाउने गरी कारबाही अघि बढाउन भनेका छौँ।’

चुनावको मुखमा सार्वजनिक गरिएको उक्त भिडियो सामग्रीले समस्या ल्याउने निष्कर्षसहित आयोगले यो निर्णय गरेको हो । गत भदौ २३ र २४ को जेन(जी आन्दोलन राज्यको असफलता भएको निष्कर्ष निकालेको बीबीसीको यो भिडियोपछि एउटा पक्ष उत्साहिछ । अर्को पक्षले भने चुनावको मुखमा जनमत प्रभावित पार्न नियोजित रुपमा ल्याइएको भन्दै विरोध गरिरहेको छ। बीबीसी विश्व सेवाले बिहीबार सार्वजनिक गरेको ४१ मिनेट लामो ‘शट लाइक इनमिज स् इनसाइड नेपाल्स जेन(जी अपराइजिङ’ नामक डकुमेन्ट्रीमा त्यसबेलाको दमनको चित्रण गरिएको छ।