३१ बैशाख २०८३, बिहिबार 1778794064
राजनीति

गृहमन्त्री अर्याल मोरङमा

मोरङ, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्याल आसन्न निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा आज विराटनगर आइपुग्नुभएको छ । उहाँ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आज अपरान्ह यहाँ आइपुग्नुभएको हो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन छ दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उहाँले कुनै हल्ला एवं अफवाहको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार भइरहेको बताउनुभयो ।