१० श्रावण २०८३, आइतबार 1785123009
Banner

“यौन दुर्व्यवहार आरोपी ,सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामेछापमा पक्राउ”

काठमाडौं – जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन्।

होस्टलका छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोपमा अभिभावक र स्थानीयले शिक्षालय घेरेपछि बस्नेतलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

बस्नेतलाई रामेछाप प्रहरीले पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन्।

यसअघि प्रहरीले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उहाँको श्रीमतीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

उनीहरुकै सूचनाका आधारमा रामेछापमा रहेका होस्टल वार्डेन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

वार्डेन बस्नेतले होस्टलमा रहेका छात्राहरुको संवेदनशील अंग छुने र अश्लील भिडिओ देखाउने गरेको गुनासो सार्वजनिक भएको थियो। बस्नेतको व्यवहारबारे प्रिन्सिपललाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नगरेको गुनासो उनीहरुले प्रहरीसमक्ष गरेका थिए।

पीडित छात्राहरुका आफन्तले उजुरी दिएपछि महानगरीय प्रहरी वृत बौद्धको टोली जोरपाटीस्थित शिक्षालय पुगेको थियो।