३१ बैशाख २०८३, बिहिबार 1778791978
Banner

रामेछाप दुर्घटनाका सात घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । रामेछापमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरूलाई काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीन महिला र चार पुरुषसहित सातजनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरले काठमाडौं ल्याएको हो । 

निर्वाचन सामग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेर गएको  ना४ख ६७६८ नम्बरको जीप रामेछाप नगरपालिका–२, सिरुबारीमा दुर्घटना भएको थियो । दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।