३१ बैशाख २०८३, बिहिबार 1778797580
Banner

लेबनानमा भएको इजरायली आक्रमणमा ५१ जनाको मृत्यु, १४९ घाइते

काठमाडौं । इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । १५४ जना घाइते भएको लेबनानी सरकारले जनाएको छ ।

सरकारको विपद् तथा व्यवस्थापन एकाइका अनुसार, दक्षिण र पूर्वी लेबनानका साथै बेरुतका दक्षिणी उपनगरहरूमा भएको बमबारीका कारण २८ हजार ५०० भन्दा बढी मानिस विस्थापित भएका छन् ।

इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरका बासिन्दाहरूलाई अनिवार्य रूपमा ठाउँ खाली गर्न चेतावनी जारी गरेको छ । विशेष गरी इजरायलका अरबी भाषाका प्रवक्ताद्वारा साझा गरिएको नक्सामा पहिचान गरिएको एउटा भवन र त्यस वरपरका क्षेत्रलाई लक्षित गर्दै यो चेतावनी दिइएको हो ।

इजरायली आक्रमणहरूले, बेरुतको दक्षिणी उपनगरहरूलाई लक्षित गरेकाले दक्षिणी लेबनानबाट इजरायली संस्थातिर रकेट प्रक्षेपण गरेपछि विस्थापनको ठूलो मात्रामा लहर सुरु भएको जनाइएको छ। 

 सन् २०२४ नोभेम्बर मा युद्धविराम सम्झौता लागु भए पछि पहिलो पटक इजरायली इकाई तिर रकेट प्रहार गरिएको जनाइएको छ।

 सन् २०२४ नोभेम्बर मा, लेबनानमा लागु भएको युद्धविराम सम्झौतामा ६० दिन भित्र दक्षिणी सीमावर्ती गाउँ र सहरहरूबाट इजरायली सेना फिर्ता लिन अनिवार्य गरिएको थियो। त्यसपछि, लेबनानी सरकार फेब्रुअरी १८ सम्म समयसीमा विस्तार गर्न सहमत भयोस यद्यपि, कब्जा सेना पाँच बिन्दुमा तैनाथ छ भने निरन्तर युद्धविरामको उल्लङ्घन जारी छ। रासस/क्यूएनए