१ असार २०८३, सोमबार 1781580369
Banner

दुई हजार पाँच सय बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्यमा दुई हजार पाँच सय रूपैयाँ बढेको हो। महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार प्रतितोला सुनमा पाँच हजार ६ सय रूपैयाँ बढेको हो । यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ६ हजार २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार तीन सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।