२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 4:43 am
समाचार

जेनजी आन्दोलनमा लुटिएका हातहतियारसहित एकजना पक्राउ

सूचना प्रेस २०८२ फाल्गुन १९ मंगलबार ००:००, १३:५८ बजे १ मिनेट पढाइ

काठमााडौं । जेनजी आन्दोलनमा लुटिएका हातहतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

गोरखा पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–८ भुम्भोड बस्ने ३१ वर्षीय आयन सेढाईंलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

सेढाईंलाई ए–८८९६ नम्बरको इन्सास राइफ, एसएलआर राइफलको गोली ४ थान, प्लास्टिक गोली १ थान, सटगनमा लाग्ने गोली १ थान, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान र लागुऔषधमा प्रयोग गरिने सिरिन्ज ५ थानसहित सेढाईंलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।