२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 1:40 am
समाचार

निर्वाचन नहुने भन्दै अफवाह फैलाउने ज्योतिष पक्राउ

सूचना प्रेस २०८२ फाल्गुन १९ मंगलबार ००:००, १५:२५ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नहुने भन्दै अफवाह फैलाउने ज्योतिष पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले फागुन २१ मा चुनाव हुँदैन भनेर सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेका थिए ।