४ आश्विन २०८१, शुक्रबार 1726821581
Banner

जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

आइतबार बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको छ। दुर्घटनामा परेको बसलाई जेसीभिको सहायतामा पल्टाएर यात्रुको उद्धार गरिएको छ। उद्धार जारी रहेकोले मृतक अझै बढ्न सक्ने अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी छ।