४ आश्विन २०८१, शुक्रबार 1726811650
समाचार

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अध्यक्षमा उमेश गिरी निर्वाचित

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अध्यक्षमा उमेश गिरी चयन हुनुभएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको चौथौ राष्ट्रिय अधिवेशनबाट अध्यक्ष पदमा गिरी सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

भक्तपुरको गठ्ठाघरमा सम्पन्न अधिवेशनले नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा नयाँ नेतृत्व चयन गरेको छ ।

साथै अघिल्लो कार्यकालको आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गर्नुका साथै आगमी कार्यकालको नीति तथा कार्यक्रम र योजना पारित गरेको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन रोजगारी रहेका, मजदुर वर्गहरुको हक हितका लागि आवाज उठाउने संगठन हो । केही दिनअघि मात्र इन्धनमा भएको मूल्यबृद्धिले मजदुर वर्ग मारमा परेको भन्दै तत्कालै मूल्यबृद्धि हटाउन संगठनले माग गरेको थियो ।

यो संगठन नेकपा (एमाले) को सबैभन्दा अग्रणी भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) मा गोलवद्ध छ । श्रम कानून अनुसार दर्ता भएको यो संगठन श्रमजीवीहरुको पक्षमा वकालत गर्ने सशक्त संगठन हो ।