२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 11:54 pm
Banner

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न १६० जना पक्राउ

सूचना प्रेस २०८२ फाल्गुन २० बुधबार ००:००, १६:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न १६० जना पक्राउ परेका छन् । बिहीबार (फागुन २१) मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने भन्दै सामाजिक सञ्जाल अफवाह फैलाउने उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्नहरूलाई धमाधम पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको छ । पक्राउ पर्नेहरूमा ज्योतिषीदेखि निर्वाचनविरोधी आपराधिक गतिविधिमा संलग्नहरू छन् ।