काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । उनले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा–५ को उम्मेदवार बनाएको छ ।

बिहान साढे ७ बजे मतदान गरेका उनी आजै आफ्नो उम्मेदवारी भएको निर्वाचन क्षेत्र झापा जाने उनको सचिवालयले जनाएको छ ।


