काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले २७ हजार ९१६ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीलाई पराजित गरेका हुन् ।
क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन्। त्यस्तै, एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याउँदा राप्रपाका उद्धवराज भेटुवालले १ हजार ३२१ मत ल्याएका छन् ।


