काठमाडौं । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले मतान्तर थप फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार, खत्री ३४ हजार ७०२ मतसहित जितउन्मुख छन् ।
यस्तै, नेकपा एमालेका महेश बस्नेतले प्रतिस्पर्धामा दोस्रो बन्दै आठ हजार ३५१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका कविर राणाले सात हजार ३२१, नेपाल मजदुर किसानका रमेश वैद्यले दुई हजार ९४१ र नेपाली कम्युनिस्टका एक हजार ११४ मत पाएका छन् ।


