२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:25 pm
समाचार

अछाम–१ मा पछि परे भीम रावल

सूचना प्रेस २०८२ फाल्गुन २३ शनिबार ००:००, ११:२३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा निरन्तर अगाडि रहेका अछाम–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार भीम रावल पछि परेका छन् । पछिल्लो मत परिणामानुसार उनलाई नेपाली कांग्रेसका उमेदवार भरतकुमार स्वारले ४५ मतान्तरले उछिनेका हुन् ।

स्वारले सात हजार २७७ मत गरेका छन् । रावलले सात हजार २३२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेपका (एमाले)का उमेदवार दीपकबहादुर साउदले ६ हजार ७९२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।