१४ आश्विन २०८३, बुधबार 8:20 pm
समाचार

स्याङ्जा-२ मा रास्वपाका झवि लाल डुम्रे विजयी

काठमाडौँ : स्याङ्जामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झवि लाल डुम्रे विजयी भएका छन्। उनी २५ हजार ३५४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

डुम्रेका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार भागवत प्रकाश मल्लले २० हजार ८३० मत पाएका छन्। यस्तै नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका पदकबहादुर विकले ८४८ मत पाएका छन् ।