काठमाडौँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७६ लाख ६८ हजार १९१ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३७ लाख १० हजार ७३० मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले १२ लाख ५१ हजार ३४८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० लाख ५९ हजार ८५५, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ४४ हजार ३६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६१ हजार १७० मत प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले २ लाख ४९ हजार९३२, जनता समाजवादी पार्टी नेपालले १ लाख १३ हजार ४०० मत प्राप्त गरेको छ । मतगणना जारी छ ।


