१६ असार २०८३, मंगलबार 1782866014
Banner

अपडेटः बङ्गलादेशमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ ।

उक्त घटनामा परी घाइते भएकाको सङ्ख्या ४५० रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब साढे ९ बजे आगलागी भएको थियो ।

घाइतेमध्ये घेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीअधिकारी घाइते भएका जनाइएको छ ।

यहाँका दर्जनौँ अग्निनियन्त्रक समूह आगो निभाउन लागिपरेका बताइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए ।

चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पुष्टि गरेका छन् ।