५ आश्विन २०८१, शनिबार 1726938758
Banner

प्रतिनिधिसभा बैठक आजपनि बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको १६ औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्ु भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।