१२ श्रावण २०८३, मंगलबार 1785227491
Banner

निर्वाचन आयोग समानुपातिकले सिट सङ्ख्या टुङ्गाे लगायाे, कुन दललाई कति सिट ?

फागुन २७ गते । निर्वाचन आयोगले समानुपातिकतर्फकाे मत परिणाम सार्वजनिक गरेकाे छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फकाे एक सय १० सिटकाे नतिजा सार्वजनिक गरेकाे हाे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट पाएकाे छ । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट पाएका छन् ।  

 आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र समानुपातिक दुवै प्रणालीको परिणाम टुङ्गिएको जानकारी दिएको हो।आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) बमोजिम ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने ६ वटा राजनीतिक दलले मात्र समानुपातिकतर्फ सिट प्राप्त गरेका छन् ।

दलगत सिट विवरणसमानुपातिकतर्फ सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ । आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकामा प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो । जसमध्ये ९४.५५ प्रतिशत मत सदर भएको छ । 

त्यस्तै, समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा निर्देशिकाको दफा ३५ बमोजिम क्लस्टर मिलाएर नाम पेश गर्न आयोगले निर्देशन दिएको सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।