२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 9:35 pm
Banner

मनकामना दर्शन गरेर फर्कँदै गरेको माईक्रो दुर्घटना

सूचना प्रेस २०८२ फाल्गुन ३० शनिबार ००:००, २०:५० बजे १ मिनेट पढाइ

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टार नजिकै दुर्घटना भएको छ ।

माइक्रोबस करिब दुई सय मिटर तल भीरमा खसेको स्थानीय प्रहरीले बताएका छन् । माइक्रोबसमा करिब १४ जना यात्रु सवार थिए । उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्किरहेका थिए।

दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनाबारे थप विवरण भने आउन बाँकी छ।