१८ असार २०८३, बिहिबार 1783002719
Banner

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्यलाई कारबाही गर्छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घण्टीमा भोट हाल्ने पार्टीका केन्द्रीय सदस्यहरूलाई कारबाही गर्ने बताएका छन् । जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा बोल्दै प्रचण्डले घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्यलाई कारबाही गरेर पार्टी पुनर्गठनको अभियान सुरुआत गर्ने बताएका हुन् ।

उनले भने, ‘झन्डै ५० प्रतिशतले घण्टीमा भोट हाले भन्ने रिपोर्ट छ। सबभन्दा बढी तपाईँहरूको जनवर्गीय सङ्गठनको केन्द्रीय नेताहरूले नै घण्टीमा भोट हालेछन्। केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईँहरूको जनवर्गीय सङ्गठनको केन्द्रीय नेताहरू को क्षेत्रमा गएनन्, कसले भोट हालेनन्, कसले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईँहरूले दिनैपर्‍यो हामीलाई।

तिनलाई कारबाही गर्नैपर्छ, नत्रभने पार्टी बनाउन सकिँदैन,’ उनले थपे, ‘हामीले भनेका छौँ ठोस प्रमाणसहित ल्याउनुस्, को कोले हालेन, कोको घण्टीतिर गएको देखियो। तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौँ। पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो। नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो। निर्वाचन परिणाम पछिको सुझाव, आलोचना पार्टीको सचिवालय वा पार्टीको सबभन्दा आधिकारिक संस्थागत निर्णय गर्ने ठाउँमा प्रस्ताव बनाएर लान्छौँ।’