काठमाडौँ : दार्चुलामा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय देशको पश्चिमी भूभागमा भकम्पको धक्का गइरहेका छन्।


