काठमाडौं : चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१८, गुन्जनगरमा आइतबार राति ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ७९ वर्षीया चन्द्रकुमारी थापा छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


