३ आश्विन २०८१, बिहिबार 1726801944
Banner

काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने

काठमाडौं । काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ।

हिजो आन्दोलनरत स्थानीयबासी र नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सम्झौता भएपश्चात समस्याको गाँठो फुकेको हो।

सहमति भएपछि आज बिहान देखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।