४ आश्विन २०८१, शुक्रबार 1726850287
Banner

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे माग सहितको ज्ञापनपत्र

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । 

अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राखेको छ। 

लोसपाले जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न तथा जनसंख्याको आधारमा बजेट वितरण गर्नसमेत माग गरेको छ ।