काठमाडौं : नेपाली कांग्रेसका नेता नैनसिंह महरले अपराधको प्रकृति र गम्भीरताअनुसार प्रचलित कानुनबमोजिम निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित हुनुपर्ने बताएका छन्।
भदौ २३ र २४ गतेका घटनाहरूमा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस मच्चाउने तत्त्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गरिनुपर्ने बताए।पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि उनले भनेका छन्, ‘दोषीलाई लुकाएर एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन, जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन्।’


