१८ असार २०८३, बिहिबार 1782976125
अपराध

दुई महिला बैंकिङ कसुर मुद्दामा काठमाडौंबाट पक्राउ

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरीलाई मंगलबार पक्राउ गरेको छ ।


ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जाहेरवालालाई झुक्यानमा पारेर खातामा रकम नभएको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सुब्बालाई कालोपुल र गिरीलाई नयाँ बस्तीबाट पक्राउ गरेको हो ।उच्च अदालत पाटनले पक्राउ परेकी सुब्बालाई २०७६ फागुनमा १५ दिन कैद सजाय र ५० लाख रुपैयाँ जरिवाना तथा गिरीलाई २०७६ माघमा १५ दिन कैद सजाय र ५४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । अदालतले उनीहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद र सजाय हुने फैसला सुनाएको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता महतोले बताए ।