काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नाग ढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्राम डोल ३६ हजार ५०० ट्याब्लेटसहित पर्सा पकहाँ मैनपुर गाउँपालिका–५ बस्ने २२ वर्षीय सतेन्द्रप्रसाद चौरसिया समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नाग ढुङ्गाबाट खटिएको प्रहरीले वीर गन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।०३(००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगञ्ज महानगरपालिका–१६ शङ्कराचार्य गेटबाट लागूऔषध गाँजा करिब ७ किलो ५०० ग्रामसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बेतिया बस्ने ३९ वर्षीय जावेद अंसारी, २८ वर्षीय गरिब महम्द र २४ वर्षीय महम्द रजिस रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


