४ आश्विन २०८१, शुक्रबार 1726852504
Banner

विनियोजन विधेयकमा आजपनि छलफल जारी रहने

काठामाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने बताईएको छ ।

आज प्रतिनिधि सभामा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।