१० श्रावण २०८३, आइतबार 1785090650
समाचार

आँपको रुखबाट लडेर पत्रकार पोखरेलको मृत्यु

काठमाडौं : गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजना पत्रकारको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको मंगलबार मृत्यु भए गुल्मी प्रहरीले जनाएको छ। उनी अफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए।  उपचारका लागि गुल्मी अस्पतालमा ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेज तथा प्रेस सेन्टर नवलपरासीका अध्यक्ष थिए।