१ जेष्ठ २०८३, शुक्रबार 1778898505
फिचर

खोला किनारमा फुलेका फूलले बढायो काठमाडौँको सौन्दर्य

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकाका विभिन्न खोला किनार अहिले फूलैफूलले ढकमक्क ढाकिएका छन् । विशेषगरी काठमाडौँ महानगरपालिकाको रातोपुलस्थित धोबिखोला किनारमा फुलेका रङ्गीचङ्गी फूलले त्यहाँको वातावरणलाई मनमोहक बनाउँदै स्थानीय तथा आगन्तुकको ध्यान खिचिरहेका छन् । हरेक वर्ष वैशाख–जेठ महिनामा ज्याकरण्डा फूल फुल्ने गर्छ। बैजनी रङका फूलले सडक नै रंगिएजस्तो देखिने भएकाले यो समय गौरीघाट घुम्न आउनेको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ। सामाजिक सञ्जालमा पनि गौरीघाटका तस्बिर र भिडियोहरू व्यापक रूपमा साझा हुन थालेपछि थप पर्यटक आकर्षित भएका छन्। फेवाताल, हिमालको दृश्य र ज्याकरण्डा फूलको संयोजनले यहाँको वातावरण अझ आकर्षक बनेको छ।

केही वर्ष अघिसम्म दुर्गन्ध र फोहोरले परिचित धोबिखोला अहिले सफाइ र हरियालीका कारण नयाँ रूपमै देखिन थालेको छ । वसन्त ऋतुको आगमनसँगै यहाँ रोपिएका विभिन्न प्रजातिका फूल फुलेपछि खोला किनार रमणीय बगैँचाजस्तै देखिन थालेको छ । रातो, सेतो, पहेँलो, रानी र अन्य विविध रङ्गका फूलले यस क्षेत्रलाई थप आकर्षक बनाएका छन् ।

स्थानीयवासी जगदीश कुइकेलका अनुसार, “धोबिखोलामा फुलेका फूलले सबैलाई आकर्षित गरिरहेका छन् । पहिले दुर्गन्ध आउने ठाउँ अहिले सुगन्धित र रमाइलो बनेको छ । यहाँ हिँड्दा नै मन शान्त हुन्छ ।” अहिले दैनिक रूपमा यहाँ घुम्न आउने, फोटो खिच्ने र समय बिताउनेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

अर्का स्थानीय कबिर श्रेष्ठले पनि विगतमा दुर्गन्धले यहाँको खोला छेउछाउमा हिँड्नै गाह्रो हुने गरेको भए पनि अहिले खोलाको सरसफाइ गर्न थालिएको र फूलको सुगन्धले वातावरण नै मनमोहक बनाएको बताएका छन् ।

उनले भने, “पहिले यहाँको अवस्था निकै दयनीय थियो । फोहोरको दुर्गन्धले खोलाको छेउमा हिँड्नै गाह्रो हुन्थ्यो । अहिले भने सफा गर्न थालिएको, हरियाली र फूलहरूको वास्नाले वातावरण पूर्ण रूपमा परिवर्तन भएको छ ।”

काठमाडौँ महानगरपालिकाले खोला सफाइ अभियानलाई तीव्रता दिँदै फोहोर फाल्नेलाई कारबाही गर्ने सूचना जारी गरेपछि स्थानीयस्तरमा पनि सचेतना बढेको र यसले खोला संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन् ।

अहिले धोबिखोला मात्र होइन, काठमाडौँ उपत्यकाका अन्य खोला किनार बागमती, विष्णुमती लगायत पनि क्रमशः सफा र हरियालीयुक्त बन्दै गइरहेका छन् । साँझपख विशेषगरी यहाँ मानिसको चहलपहल उल्लेख्य रूपमा बढ्ने गरेको छ । धोबिखोला किनारमा किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी जनक लामाका अनुसार साँझको समयमा यहाँ मानिसहरू बस्न, घुम्न र फोटो खिच्न आउँछन् ।

बैजनी रङमा रङ्गिएको काठमाडौँ

वैशाख ६ गते । जब चैत, वैशाखको चञ्चल बतासले हिमालका काखबाट सुस्तरी बगेर उपत्यका भित्रिन्छ, तब काठमाडौँले एउटा भिन्नै अवतार धारण गर्छ ।

धुलो र धुँवाको बाक्लो पर्दालाई चिर्दै सहरको मुटुमा यतिबेला ‘ज्याकाराण्डा’ का नीलाभ–बैजनी फूलहरू यसरी मुस्कुराइरहेका छन्, मानौँ आकाशले धर्तीमा आफ्नो सुन्दरताको मसी पोखिदिएको छ ।सहरका व्यस्त सडकहरूमा यतिबेला मात्र ट्राफिक जाम छैन, त्यहाँ त वसन्तको एउटा काव्यात्मक उत्सव चलिरहेको छ ।सुन्धारादेखि दरबारमार्गसम्म, अनि रत्नपार्कदेखि जमलका गल्लीसम्मका ज्याकाराण्डाका रुखहरू फूलको भारले निहुरिएका छन् । 

ती डालीहरूबाट खसेका फूलका गुच्छाहरूले सडकका किनारा र फुटपाथलाई बैजनी गलैँचामा परिणत गरिदिएका छन् । ती सुन्दर पत्रदलहरूमाथि टेक्दा बटुवाका पाइलाहरू पनि कता कता अडिन्छन्, मानौँ यो कुनै साधारण बाटो होइन, एउटा स्वप्निल संसारको प्रवेशद्वार हो । तस्बिरहरूमा कैद भएको काठमाडौँ झनै जीवन्त देखिन्छ । एकातिर नवनिर्मित धरहराको सेतो गजुरले आकाश चुम्न खोज्दैछ, अर्कोतिर त्यसकै वरिपरि फैलिएका बैजनी फूलहरूले आधुनिकता र प्रकृतिको एउटा अपूर्व सङ्गम झल्काएका छन् । खैरो र रङहीन देखिने कङ्क्रिटका भवनहरूका बिचमा यी फूलहरूले काठमाडौँलाई एउटा नयाँ प्राण भरेका छन् । 

काठमाडौँवासीका लागि यी फूलहरू केवल वनस्पतिका हिस्सा मात्र होइनन्, यी त ‘नोस्टाल्जिया’ (पुरानो याद) का संवाहक पनि हुन् ।

कलेजका ती दिनहरू, साथीभाइसँग हातमा हात मिलाएर हिँडेका ती साँझहरू, अनि यही बैजनी छाहारीमुनि साटिएका कयौँ अधुरा प्रेमका सुस्केराहरू आज फेरि तिनै फूलहरूसँगै ब्युँझिएका छन् । बुढापाकाहरू यी फूललाई हेरेर पुराना दिन सम्झिन्छन् भने युवा पुस्ताका लागि यो ‘सेल्फी’ र ‘रिल्स’ बनाउने एउटा रङ्गीन पृष्ठभूमि बनेको छ ।  रुखका ती मसिना हाँगाहरूमा गत वर्षका सुकेका कोसाहरू र यो वर्षका नयाँ कोपिलाहरू सँगै देखिन्छन् । यसले समयको निरन्तरता र पुनर्जन्मको सन्देश दिइरहेको छ । जाडोको ठिहीले सुकेका ती हाँगाहरूमा आज जुन उभार आएको छ, त्यसले हरेक नगरवासीको मनमा एउटा आशाको सञ्चार गरेको छ । साँच्चै,काठमाडौँ यतिबेला एउटा क्यानभास बनेको छ र ज्याकाराण्डा त्यसको मुख्य रङ । यो बैजनी वर्षाले सहरको कोलाहललाई केही क्षणका लागि भए पनि बिर्साइदिएको छ । 

ज्याकारान्डाले ढपक्क काठमाडौं

ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य बढाएको छ ।

शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौंलाई आकर्षक बनाएका छन् । यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ ।

दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ ।ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन । मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ । भारतबाट लाहुरेहरूले यो फूल भित्र्याएको बताइन्छ ।

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका

काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य झन् बढाएका छन्।

शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौँलाई आकर्षक बनाएका छन्। यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ। दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ।

ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन। मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ । विशेषगरी भारतमा काम गर्ने नेपाली (लाहुरे) हरूमार्फत यो फूल नेपाल ल्याइएको विश्वास गरिन्छ।

ज्याकरण्डाले बढायो उपत्यकाको सौन्दर्य

काठमाडौँ । वैशाखको आगमनसँगै काठमाडौँ उपत्यकाको स्वरूप फेरिएको छ। यतिबेला उपत्यकाका प्रमुख सडक र गल्लीहरू ‘ज्याकरण्डा’ फूलले ढकमक्क भई बैजनीमय बनेका छन्।

विशेषगरी वैशाख महिनामा फुल्ने यो आकर्षक फूलका कारण काठमाडौंको सौन्दर्यमा थप निखार आएको छ। उपत्यकाका सुन्धारा, कमलपोखरी, रत्नपार्क र ललितपुरको महालक्ष्मीस्थान लगायतका क्षेत्रमा फुलेका ज्याकरण्डाले सहरलाई निकै मनमोहक बनाएको छ। सानो र झुप्पा परेको हुने भएकाले यसलाई स्थानीय भाषामा ‘भँगेरी फूल’ समेत भन्ने गरिन्छ। सडक किनारमा फुलेका यी फूलहरूले पैदलयात्री र सवारी चालकहरूको ध्यान मात्र खिचेको छैन, सर्वसाधारणलाई यो दृश्य कैद गर्न समेत लोभ्याएको छ। अहिले यी स्थानहरूमा फोटो खिच्ने, टिकटक बनाउने र भिडियो खिच्नेहरूको निकै चहलपहल देखिन्छ। काठमाडौंको व्यस्तता र धूलोका बिच फुलेको यो बैजनी फूलले उपत्यकावासीलाई एक प्रकारको शान्त र प्राकृतिक आभास दिलाएको छ।

काठमाडौं : उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य झन् बढाएका छन्।

शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौँलाई आकर्षक बनाएका छन्। यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ।

दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ।
ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन।

मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ। विशेषगरी भारतमा काम गर्ने नेपाली (लाहुरे) हरूमार्फत यो फूल नेपाल ल्याइएको विश्वास गरिन्छ।