२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 8:46 pm
Banner

उपसभामुखमा हर्क साम्पाङको दाबी भने, ‘हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई’

सूचना प्रेस २०८२ चैत्र २१ शनिबार ००:००, ०६:५७ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ।  हामी महिला उम्मेदवार खडा गर्दैछौँ । ‘

साम्पाङले नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका उम्मेदवारलाई मत दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९?’